दण्ड होइन करुणाः बौद्ध न्यायशास्त्रको मानवीय आयाम

अन्जली लोध
प्राकृतिक नियम भनेको प्रकृतिमा आफै निर्माण भएको नियम हो। यी नियम पृथ्वीमा उत्पन्न हुने सबै जीव र वस्तुहरूमा निरन्तर लागू हुन्छ। प्राकृतिक नियम हामी मान्छेले बनाएको नियम होइन यो नियम प्रकृति निर्मित नियम हो। प्राकृतिक नियमहरू त्यस्तो नियम हुन् जुन न त मान्छेले बनाउन मिल्छ न बदल्न न त यसलाई बिगार्न सकिन्छ। जसरी सूर्य प्राकृतिक वस्तु हो वा पानी आफै बग्छ यसलाई हामी मानिसले बदल्न सक्दैनौँ।
जीवनभरि अरुलाई मनबाट निस्वार्थ प्रेम र सेवा गर्नु नै करुणा हो। अरुको दुःखलाई पनि आफ्नै दुःख सम्झिनु र सेवा गर्नु अरुको दुःखलाई पनि आफ्नै दुःख सम्झिएर समाजमा सहायता गर्न उत्पन्न हुने भावना नै करुणा हो। संसारमा कयौं यस्ता व्यक्तिहरू छन् जो आफूमा आत्मनिर्भर छैनन् र तिनीहरूको जीवनमा कयौं दुःख आउँछ। जसलाई कम गर्न हृदयदेखि उत्पन्न हुने माया नै करुणा हो।
नेपालको पहिचान हिमाल, पहाड, संस्कृति र ऐतिहासिक सम्पदा मात्र होइन यसमा कानुनी प्रणाली पनि एक महान परिवर्तनका रुपमा मानिन्छ। बौद्ध न्यायशास्त्र सरकारी कानुन मात्र नभएर एक करुणाको प्रणाली पनि हो। जहाँ नियम जीवनलाई सही मार्गदर्शन गराउन सिकाउँछ र न्याय दुखलाई कम गराउन सिकाउँछ। प्राकृतिक नियमलाई बौद्ध दृष्टिकोणले हेर्दा यो सर्वत्र खोज हो, जहाँ न त सरकारको शक्तिले बदल्न सकिन्छ यो त प्राकृतिक नियम हो यी सबै मानिसको स्वभावले निर्देशित नियम हुन् । प्राकृतिक नियम सबै जीवित प्रणालीका लागि एउटै हो र यो नियम सबैका लागि समान छ। प्राकृतिक नियम र करुणाको दर्शनको एक अर्कामा पारस्परिक सम्बन्ध छ, जसले हरेक वस्तु र कार्यको निर्धारण गर्छ र त्यसबाट उत्पन्न हुने विषयवस्तुलाई नियम कानुनको रुपमा लागू गरिन्छ कुनै पनि कार्यको उत्पादन निश्चित छ र हरेक पाइलामा कानुन र न्यायको उत्तिकै महत्व छ र समाज परिवर्तनका लागिहरेक पाइलामा नियमको लागू हुनु जरुरी छ।
प्राकृतिक नियमहरू यस्तो नियम हुन् कि जहाँ सृष्टिको स्वत; हिँड्ने जीव, जहाँ जन्म ,वृद्धि, नष्ट, मृत्यु ,जस्ता प्रक्रिया बिना कुनै भेदभाव निरन्तर अगाडि बढेका हुन्छन्। जब मानिसले आफ्नो मनको पीडा ,दुःख, भोगाई ,आफूले नै देख्छ, त्यो करुणा हो र यही भावनाले प्राकृतिक नियमको विकास गर्छ र त्यो पीडालाई सहज बनाउने मार्गदर्शन देखाउँछ। त्यसैले करुणा भनेको चेतनशील द्वन्द्व हो जुन मानिस आफैमा उत्पन्न हुन्छ। यदि मान्छेमा करुणा भयो भने सहजतापूर्वक देश परिवर्तन हुन सक्छ।
प्राकृतिक नियम जसरी आफ्नै गतिमा चल्छ त्यसैगरी मानिसको जीवनमा पनि आफ्नै गतिमा चल्छ । यदि सबै प्राणीमा करुणाको भावना छ भने जीवनमा दुःख घटाउन सकिन्छ। समाजमा उत्पादित घृणा भेदभाव कम गर्न जरुरी छ। जसरी पानीको महत्व सबैका लागि उत्तिकै छ ,जुनले प्रकाश दिन्छ सूर्यले बिना भेदभाव सबैलाई ताप दिन्छ । करुणाको दर्शनले मानवताको भावना जगाउँछ अरुको दुःख अरुको अभावलाई बुझ्ने प्रेरणा दिन्छ, समानताको भावनालाई समेट्छ। यी दुई दर्शनले मानिसको सोचलाई बलियो बनाउँछ । अरुको दुःखलाई कम गर्न सक्नु नै मानवता हो । कानुन केवल नियम होइन यो मानवता पनि हो । जब हामीले प्रकृति देख्छौं हामीले धैर्यता सिक्छौँ जब हामीले करुणाको भावना उत्पन्न गर्छौं तब हामी सहनशील बन्न सक्छौँ। यस्तो भावनाले कानुनी सोचलाई बदल्न सक्छ कानुन दण्डको यन्त्र मात्र होइन यो त सहमतिको आधार पनि हो। उदाहरणका लागि; जब मानिसले चोरी गर्छ त्यो उसको इच्छा होइन, यसलाई रिसले चर्को आवाजमा सजाय
दिनुभन्दा शान्त सोचले काम गर्न उचित छ । । उसको दुःखलाई पनि आफ्नै दुःख बनाएर सहयोग गर्यौ ज्ञान सिप दियौ भने उसको सोच बदल्न । यसमा पनि न्यायको अर्को रूप देख्न सकिन्छ।
बौद्ध दर्शन भनेको दुखलाई कम गर्न सक्ने मार्ग हो। यसले एउटा लोभ, ईर्ष्यालाई कम गराई करुणा सिकाउँछ। जीवनमा झुटलाई अगाडि बढाउनु भन्दा सत्यलाई बुझ्न जरुरी छ। बौद्ध दर्शन जीवनलाई करुणा, समझदारी र दुःखबाट छुटकारा दिने बाटो हो। मानिसमा करुणाको भावना जाग्यो भने अदालतमा उभिनु जरुरी हुँदैन।
बौद्ध दर्शन गौतम बुद्धले स्वयं बनाएका हुन्।उनले दुःखका कारण खोज्न आफू बस्ने राजदरबार छाडे र गहिरो ध्यान, अनुसन्धान र आफ्नो जीवनको अनुभवबाट सत्यको खोजी गरे। उनले मानिसको मोह, डाहा, ईर्ष्या ,लोभ, अशिक्षा नै दुःखको कारण हो भन्ने कुरा बुझे। त्यसैले उनले करुणा सम्यक सोच र मध्यम मार्ग सिकाए। बुद्धले मानिसको जीवनमा दुःख छ दुःखको कारण छ त्यसको मार्ग छ र दुःखको समाधान गर्नसकिन्छ भन्ने कुरा बुझेर सबैलाई त्यही ज्ञान दिए। उनले कुनै दर्शन लेखेनन् तर उनले जीवनलाई प्रश्न र अनुभवबाट बुझ्न सिकाए। बौद्ध दर्शन केवल शब्दको सजावट होइन यो चेतनाको ज्ञान हो। बौद्ध न्यायशास्त्रले केवल कानुन डर त्रासमा निर्माण गर्नु होइन, यो त चेतना हो भन्ने कुरालाई समेट्छ। देशमा कानुन सबैमा समान रुपमा लागू हुन जरुरी छ जसरी प्रकृति सबैमा समान छ। समानताले नै करुणा जगाउँछ र सबैले आत्मबोध गर्न सिक्छन्। बुद्धले आफ्नो अनुभवबाट कानुन निर्माण गरेका छन् यी नियम कुनै नेताहरूले वा राज्यले बनाएको नियम होइनन् ।
जब बुद्ध धर्मको उत्पन्न भयो तब सिद्धान्त मात्र होइन, एउटा वास्तविक अनुभूतिको रूपमा छरिन थाल्यो। बुद्धले बोलेको शब्द केवल कानुनी रुपमा नभई हरेक मानिसको जीवनमा उत्तिकै मद्दत गरेको पाइन्छ। राजा अशोक जो सधैँ अहिंसा घृणालाई जोड दिन्थे जब उनले बुद्ध दर्शनलाई पालना गर्न थाले त्यसपछि उनले अहिंसा घृणा त्यागे। उनमा केवल घृणाली जीवन सरल नहुने रहेछ। भन्ने भावनाको विकास भयो। मानिस केवल एक जोडी कपडा र सरल जीवन शैलीमा बाँच्नुपर्छ भन्ने उनको धारणा थियो ।लोभ डाहाले समाजमा असंकोच अहिंसा फैलाउँछ भन्ने उनको मानसिकता थियो। उनले सबैलाई धैर्यता अहिंसाको पाठ सिकाए। नेपालमा लुम्बिनी कपिलवस्तु जस्ता ठाउँ छन् जहाँ शान्त छ जहाँ जाँदा मनमा छुट्टै आनन्द आउँछ। बौद्ध दर्शन केवल किताबमा मात्र होइन जीवनमा पनि लागू गर्न जरुरी छ ।
आजको नेपालको कानुनी शिक्षा यदि बौद्धको नियम अनुसार चल्छ भने समाजमा दुःख कम गर्न सहजता मिल्थ्यो। पहिलेको समाजमा मानिसमा जात धर्म संस्कृतिका आधारमा भेदभाव थियो। बौद्धले चार आर्य सत्य सिकाए जहाँ दुख, कारण, अन्त ,मार्ग सिकाए । उनले करुणाको भावना जगाए उनले अष्टाङ्गिक मार्ग पनि सिकाए जसले मानिसको सोचलाई बदल्न सक्षम बनायो।नेपालमा अझै पनि जात धर्मको आधारमा विवाद छ र यदि बौद्धको शिक्षा पालना गर्ने हो भने यसको न्यूनीकरण गर्न सकिन्छ । उनले अपटिपो भव; आफैं दीप बन्नु भन्ने कुरालाई मूल मन्त्र बनाए जसले मानवमा चेतनाको विकास गर्यो। बौद्धको पालनाले केवल मानिसले धर्म मात्र सिक्दैनन् उनीहरुले जिम्मेवार नागरिक बन्न करुणा समता अहिंसा र आत्म सुधारको भावना निर्माण गर्नुपर्छ भन्ने सिके यसले व्यक्तिगत शान्ति मात्र नभई समाजलाई पनि चेतनशील र समाजको सोचलाई परिवर्तन गर्न सहयोग पुर्‍याउँछ। बौद्धको शिक्षाले धनी र गरिब बीचको फरकलाई समाधान गर्न सहयोग गर्छ। उनले कोही पनि धनी र कोही पनि गरिब हुँदैन भन्ने धारणा राखेका छन् । बौद्ध दर्शनले जीवनको अर्थ बुझ्ने मार्ग । शिक्षकले समेक बाणी प्रयोग गरे भने शिक्षामा परिवर्तन ल्याउन सकिन्छ । यदि सबैले समान पूर्वक बाँच्न पाउने हकको पालना गर्यौँ भने गरिब र धनी बीचको भेदभाव हटाउन सकिन्थ्यो। नेपालजस्तो बहुभाषिक बहुसांस्कृतिक र सामाजिक रूपान्तरणको बाटोमा उभिएको देशमा भेदभाव हुनु गलत हो। यसको न्यूनीकरण गर्यौ भने समाज ले गति फेर्न थियो ।
नेपालको संविधान २०७२ मा प्राकृतिक नियम र करुणाको दर्शन प्रत्यक्षरूपमा उल्लेख नभए पनि यसको सार विभिन्न धाराहरूसँग आधारित छ नेपालको संविधान २०७२ को धारा १६ मा सम्मानपूर्वक जीवनयापन गर्ने हक उल्लेख गरिएको छ। जुन बौद्ध धर्मको पञ्चशीलको पहिलो सिल प्राणी हत्या नगर्नेसँग सम्बन्धित छ । धारा १८ मा समानताको हक निर्धारण गरिएको छ। जसमा बौद्ध धर्ममा करुणा र भेदभाव विरोधको बारेमा बुझाउँछ। जब मानिसले बौद्ध धर्मलाई मनबाट नै पालना गर्छन् तब बौद्ध दर्शन केवल आदर्श होइन व्यवहारिक परिवर्तनको मार्ग बन्न सक्छ। जब कोही मानिस दुःखमा हुन्छ उसलाई दण्ड होइन चेतना दिन जरुरी हुन्छ। मान्छे जन्मिँदैमा गरिब बन्छु भनेर जन्मेको हुँदैन समय परिस्थितिले उसलाई गरिब बनाउँछ र त्यस्तो व्यक्तिको दुखलाई न्यूनीकरण गर्नु नै प्राकृतिक नियमको आधुनिक पुनर्परिभाषा हो। बौद्ध न्यायशास्त्रले यस्तो समाजको निर्माण गर्छ जहाँ अपराधको उपचार द्वेषले होइन करुणाले हुन्छ जसरी बिग्रिएको माटोलाई मलजल गरेर उर्वरायुक्त जमिन बनाउन सकिन्छ। त्यसैगरी नयाँ जीवन दिन सकिन्छ।
निष्कर्ष
प्राकृतिक नियम र करुणाको दर्शन बौद्ध न्यायशास्त्रको मूल आधार हुन्। जसले कानुनलाई केवल नियमको संकलन होइन तर सहानुभूतिपूर्ण मानवीय व्यवहारको प्रतिबन्ध मानेको छ बुद्धको शिक्षाबाट प्रेरित बौद्ध न्यायले दण्ड होइन दया तर्क होइन करुणा र अधिकारभन्दा जिम्मेवारीको गहिरो अनुभव दिन्छ। यसले नेपाली कानुनी विचारलाई संस्कृतिसँग जोड्दै सबै प्राणीको हितका लागि न्यायलाई जीवन्त र भावनात्मक बनाउँछ। प्राकृतिक नियम नै करुणामा आधारित छ ती नियमहरू र करुणा नै बौद्ध दर्शनको सार निचोड हुन् तसर्थ अहिलेको समयमा बौद्ध न्यायशास्त्रको अध्ययन अध्यापन छलफल पुनः विस्तृत कारण गरी हरेक व्यक्तिमा प्रभाव पार्दै राष्ट्र निर्माण र शान्ति स्थापना गर्न सकिन्छ।
भवतु सब्ब मंगलम् !
लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल सिटि क्याम्पसमा बि.ए.एल्‌.एल्‌. बि. दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन्‌।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation