काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ७६ लाखभन्दा बढी मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ले झण्डै आधा मत प्राप्त गरेको छ।
निर्वाचन आयोग नेपाल को पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ ७६ लाख १२ हजार ७६२ मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ४४ हजार ४०२ मत अर्थात् करिब ४८.५ प्रतिशत मत प्राप्त गरेको छ।
यसैगरी नेपाली कांग्रेस ले १२ लाख २८ हजार ९२५, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १० लाख ३८ हजार ३३५ र नेपाल कम्युनिस्ट पार्टी ले ५ लाख ३३ हजार ७०३ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ले २ लाख ५६ हजार ८३८, श्रम संस्कृति पार्टी ले २ लाख ३९ हजार १० र जनता समाजवादी पार्टी नेपाल ले १ लाख ८ हजार १३२ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड १० लाख मत खसेको अनुमान गरिएको छ।











