
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनले आदेश जारी गरेको छ।
उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दुर्गा प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
उच्चले उनीहरुसँगै थुनामा रहेका अन्य ३ जनालाई पनि धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०र५० हजार रुपैयाँ धरौटी तथा दण्डपाणि रेग्मीलाई १० हजार रुपैयाँ धरौटी माग गरेको छ ।