बागलुङको बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौर घर भै काठमाण्डौमा व्यवसाय सञ्चालन गर्दै आएका भिम प्रसाद पौडेल नेकपा (एमाले) छोडी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।
राष्ट्रिय जनमोर्चामा सक्रियता पूर्वक कार्यरत रहेका पौडेल काठमाण्डौ व्यवसायमा पुगे लगत्तै वि.स. २०५८ फागुनमा नेकपा (एमाले) मा प्रवेश गरेका थिए भने उनलाई नेकपा (एमाले) बागलुङ–काठमाण्डौ सम्पर्क समितिका सदस्य समेत बनाएका थिए ।
पौडेलले विगतमा नेकपा (एमाले) मा प्रवेश गर्नु आफ्नो भुल भएको भन्दै नेकपा (एमाले) ले लिएको नीति, सिद्धान्त, पार्टीले लिएको राष्ट्रघाती नीतिका कारण नेकपा (एमाले) को कुनै पिन पदमा नरहने गरि वि.स. २०८१ जेष्ठमा राजिनामा दिएको जानकारी गराउदैं पुनः राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको भिम प्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरेका छन् ।
राष्ट्रिय जनमोर्चामा प्रवेश गरे लगत्तै राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गानाले पौडेललाई राष्ट्रिय जनमोर्चाको सदस्यता प्रदान गरेका छन् भने राष्ट्रिय जनमोर्चामा रहि जिम्मेवार पूर्वक पार्टीको जिम्मेवारी निभाउने प्रतिवद्धता समेत गरेका छन् ।
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।