गीति कविता:गणतन्त्र

लालकिरण पोख्रेल

याे गणतन्त्र हाे
सहिदको रगतले जन्माएको
वीरताकाे प्रतीक हाे
जनताको आस्था हाे
समाजवादको आधार हाे ।

आदिवासी जनजाति
दलित र सुकुम्वासी
पूर्वदेखि पश्चिमसम्म
हिमालदेखि तराईसम्म
जनताको एकताको हाे ।

समानता र समावेशी
जनताहरू सबै खुसी
पिछडिएका सबै जनता
साम्यवादकाे जप मन्त्र
याे गणतन्त्र हाे ।

जनजीविकाकाे आधार हाे
विकासको मेरूदण्ड हाे
न्यायप्रेमी जनताको धराेहर हाे
समाजवादको यात्रा हाे
याे गणतन्त्र हाे ।

एक वर्ग एक जाति
जनताहरू सबै माथि
निरङ्कुशताकाे अन्त्यसँगै
नयाँ प्रभातकाे उदयसँगै
याे नयाँ व्यवस्था हाे ।

तराईवासीकाे आवाज हाे
सगरमाथाको शिरपाेस हाे
खाल्डावासीकाे मङ्गल हाे
सीमान्तीकृतकाे विजयी हाे
याे गणतन्त्र हाे ।

रक्त रञ्जित झण्डा मुनि
एकताको माला गाँस्दै
क्रान्तिकारी एक बन्दै
समाजवाद र साम्यवादकाे
प्रगतिकाे चित्र काेर्दै ।

फासिष्ट र सामान्तकाे
आर्यघाटमा चिहान खन्दै
जनवादी गणतन्त्रको
आधार स्तम्भ हाे
याे गणतन्त्र हाे ।

बलिदानकाे इतिहास हाे
नेतृत्वको दृष्टिकोण हाे
याेद्वाहरूकाे कार्यशैली हाे
याे लाेकतन्त्र हाे
याे गणतन्त्र हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation