
बागलुङ ,
अखिल नेपाल जनजाती सम्मेलन जिल्ला समिति बागलुङकाे आयोजनामा ३१ अौ बिश्व आदिवासी दिवस मिति २०८२ श्रावण २४ गते दुदिलाभाटी मा एक समारोह बिच सम्पन्न भएको छ। । कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल जनजाती सम्मेलन गण्डकी प्रदेश सदस्य तुलबिर श्रीसले ३१ अौ बिश्व आदिवासी दिवसकाे अवसरमा शुभकामना दिदै आदिवासी जनजातीकाे समस्या जातीय समस्या जस्तो देखिए पनि मुल रुपमा बर्गिय समस्या भएको बताउनु भयाे । देश संघीयताका कारण आर्थिक संकटमा फसेको, राष्ट्रियता कमजोर बन्दै गएकोले संघीयता खारेजीकाे बिकल्प नरहेको बताउनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, केन्द्रीय सदस्य बेदिलाल सापकोटा, जिल्ला अध्यक्ष तिलक थापा, ने क पा मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, राष्ट्रिय जनमाेर्चा गलकाेटका अध्यक्ष टंक बहादुर केसी, राजमाे जिल्ला सदस्य लाल बहादुर राना, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकाल, जातीय समता समाज बागलुङका सदस्य रन बहादुर बिक लगायतले शुभकामना दिनु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेस उपाध्यक्ष धर्म कुँवर, जिल्ला सचिव भिमलाल पाेखरेल, सल्लाहकार भिमसेन वन, अखिल नेपाल महिला संघ बागलुङका सदस्य दुर्गा पुन, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका जिल्ला सदस्यहरु लगायतका अतिथिहरुकाे आतित्थ्यता रहेको थियो । कार्यक्रम अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुनकाे अध्यक्षता, जिल्ला सदस्य हाेम बहादुर पुनको सञ्चालन र जिल्ला सदस्य मिन बहादुर मगरकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे । साथै दिवसकाे कार्यक्रम सगै अखिल नेपाल जनजाती सम्मेलन दुदिलाभाटीकाे वडा भेला सम्पन्न भएको छ । भेलाले छम बहादुुर पुनकाे अध्यक्षतामा ७ सदस्यीय वडा समिति चयन गरेको छ । जसमा सचिव दुर्गा पुन, काेषाध्यक्ष डिलमाया पुन सदस्यहरुमा मनमाया पुन, नारायण राना, कर्ण बहादुर श्रीस र टेक बहादुर बुढाथोकी रहनु भएको छ ।