राष्ट्रिय जनमोर्चाले गर्यो भ्रष्टाचार बिरुद्ध बागलुङमा बिराेध सभा सम्पन्न

 

बागलुङ
राष्ट्रिय जनमाेर्चा केन्द्रीय समितिकाे आयोजनामा श्रावण २० गते देखि ३० गते सम्म सम्पन्न हुने भ्रष्टाचार बिरुद्धकाे बिराेधसभा अन्तरगत बागलुङ जिल्लामा २०८२ श्रावण २७ गते बागलुङ जिल्लाकाे बागलुङ बजार, कुश्मिसेरा बजार, अक्षेते बजार, हटियाबजार, बुर्तिबाङ बजार, बरेङ बजार, झिवाखाेलामा बिराेध सभा सम्पन्न भएको छ । कार्यक्रम अनुसार बागलुङ बजार ट्राफिक चाेकमा सम्पन्न बिराेध सभालाई राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापा, बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदीले संम्बाेधन गर्नु भएको थियोे कार्यक्रम सञ्चालन जिल्ला सल्लाहकार टेक बहादुर आर सि ले गर्नु भएको थियोे । यसैगरी जैमिनी नगरपालिकाकाे कुश्मिसेरा बजारमा बक्ताहरु राष्ट्रिय जनमाेर्चा जिल्ला सचिव भिमलाल पाेखरेल, जैमिनी नगर अध्यक्ष दिल बहादुर श्रीस र सञ्चालन जिल्ला सदस्य ठाकुर शर्माकाे रहेको थियो । काठेखाेला गाउँपालिकाकाे अक्षेते बजारमा बक्ता जिल्ला सचिवालय सदस्य थानेश्वर सुवेदी र सञ्चालन तुलबिर श्रीसकाे रहेको थियोे । गलकाेट नगरपालिकाकाे हटियाबजारमा बक्ताहरु राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार भिमसेन वन, नगर अध्यक्ष टंक बहादुर केसी, अखिल छैठौंका केन्द्रीय सदस्य कर्ण नेपाली र सञ्चालन जिल्ला सदस्य पदम श्रेष्ठकाे रहेको थियो । ढाेरपाटन नगरपालिकाकाे बुर्तिबाङ बजारमा बक्ताहरु राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, जिल्ला बाेषाध्यक्ष दिपक थापा, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केयरसिङ अदै र सञ्चालन कुल बहादुर छन्त्यालले गर्नु भएको थियोे । निसीखाेला गाउँपालिकाकाे झिवाखाेला बजारमा बक्ता अखिल नेपाल जनजाती सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढा, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य थमन घर्ती र सञ्चालन लाल बहादुर सिंजालीले गर्नु भएको थियो । बरेङ बजारमा राष्ट्रिय जनमाेर्चा जिल्ला सदस्य  हिरा थापाले संम्बाेधन गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation