नयाँ!

सुवाश जि .सी


देशमा भए भरका
पार्टी छाम्दै
दलाली गर्दै
चाप्लुसी गर्दै
मौका पर्दा रक्सी तन्काउँदै
चुनावमा मासुका पिस चपाउँदै
कसैलाई माननीय वनाउँछ
कसैलाई सम्माननिय वनाउँछ

मिल्दासम्म मिल्छ
निल्दासम्म निल्छ
उ ठेक्का हुँदा, आफु पट्टा हुन्छ
उ कमि हुँदा, आफु सन हुन्छ
उसले मिलो गर्दा, आफुले मतो गर्छ
उसले भाग लगाउँदा, आफुले वण्डा लगाउँछ
जब मिल्दैन अन्तिम वात
अनि सुरु हुन्छ उसको नयाँ अध्याय
अनि सुरु गर्छ नयाँ तमासा
र पढाउन थाल्छ
भ्रष्टाचार र कमिसनका पाठ!

जब मिल्दैन कुर्चीको खेल
जब मिल्दैन पदको बाँडफाँड
जब आउँछ उसको खुसिमा वाढी
जब चाहिन्छ उसलाई
अझ ठूलो स्वार्थको उचाई
अनि थुकेर हिड्छ
आफ्नै थालमा
र पोख्न थाल्छ
कुहिएको भँडास

चोर्दा चोर्दै थाकेको चोर
ठग्दा ठग्दै ठगिएको ठग
लुट्दा लुट्दै लुटिएको लुटेरा
कुरै कुरा र कुरै कुराले
भ्रमै भ्रमका नौजाल बुनेर
जब भेला गर्छ
विषाक्त मष्तिक्सहरु
जो विगत देखि कुहिएर
फ्ल्यात् फुलुत्त छन्
ती आउँछन्
नयाँ वोत्तलमा
पुरानो रक्सी बनेर
अनि तिनैलाई
हामीले मानिदिनुपर्ने
नयाँ र नवीन विचार!

त्यो त हो नै केवल
डम्पिङ्ग- असली डम्पिङ्ग ।

२०८२ साउन २८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation