संसदमा भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाउन बद्रे आलमलाई भोट दिनुहोस : चित्र बहादुर केसी

 

शंकर प्रसाद पोख्रेल ,बुटवल ।

बुटवलको देविनगर चौपारीमा राष्ट्रिय जनमोर्चा रुपन्देही द्वारा आयोजित भ्रष्टाचारविरोधी विरोध सभामा बोल्दै  राष्ट्रिय जनमोर्चाका पार्टी अध्यक्ष चित्र बहादुर केसीले रुपन्देही–३ का जनताहरुलाइ राष्ट्रिय जनमोर्चाका  उम्मेदवार बद्रे आलमलाई भोट दिन आह्वान गर्नुभयो। उहाँले देशमा बढ्दो भ्रष्टाचारको मूल कारण ठूला दल रहेको उल्लेख गर्दै, जनताले बारम्बार त्यही नेताहरुलाई जिताएर भ्रष्टाचार गर्ने अवसर दिएको आरोप लगाउनुभयो।

केसीले  अब जनताले सचेत भई वास्तविक विकल्प रोज्ने समय आएको छ र त्यो विकल्प असली देशभक्त क्रान्तिकारी पार्टी राष्ट्रिय जनमोर्चा हो। उहाँले ठूला दलप्रति असन्तुष्ट जनताहरु अन्यत्र मोडिँदै गरे पनि सही बाटो जनमोर्चा भएको दाबी गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा रुपन्देही तिनक  उम्मेदवार बद्रे आलमले नेपाली जनताले एकपटक राष्ट्रिय जनमोर्चालाई समर्थन गरेर भ्रष्टाचार अन्त्यको प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। त्यस अवसरमा नेकपा मसाल रुपन्देहीका जिल्ला प्रवक्ता लालचन्द पन्थले जनमोर्चाले सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको अध्यक्षता र जिल्ला सचिव कृष्ण प्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा  राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता  र स्थानीयबासीहरुको  उपस्थिती थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation