
३१ साउन, रुपन्देही ।
भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन्। यसबारे परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उनको आगामी भ्रमणबारे औपचारिक जानकारी दिएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार मिश्रीको यस भ्रमणमा नेपाल–भारतबीचको आपसी सम्बन्ध, द्विपक्षीय सहयोग र क्षेत्रीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ। उच्चस्तरीय भेटघाटमा आपसी चासोका विषयवस्तुमा विचार–विमर्श हुने र दुवै देशबीचको कूटनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण उपयोगी हुने विश्वास लिइएको छ।
भारतका विदेश सचिव मिश्रीको यो नेपाल यात्रा दुई देशबीच निरन्तर संवाद र सहकार्यलाई थप प्रगाढ बनाउन महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।