
३१ साउन, तुलसीपुर ।
राष्ट्रिय जनमोर्चा तुलसीपुर उपमहानगरपालिका–६ को वडा भेला आज गाईडहरमा सम्पन्न भएको छ। भेलाले नारायण प्रसाद भण्डारीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ।
नवनिर्वाचित समितिको पदाधिकारी र सदस्यहरू यसप्रकार छन् :
अध्यक्ष : नारायण प्रसाद भण्डारी
उपाध्यक्ष : सीता भण्डारी
सचिव : ध्रुव केसी
सह–सचिव : जिबराज नेपाली
कोषाध्यक्ष : राधा परियार
सदस्यहरू : गीता भुपाल, उम्मा बिक, बिमला भण्डारी, रामबहादुर महतरा, लुर्गालाल भुसाल, दुर्गा पोख्रेल, प्रेमलाल भुसाल, तिलक मिजार, देबबहादुर बिक, गोपाल बोहरा, तुलसी भुसाल (जिसी)।
यसैगरी, भेलाले निमलाल शर्मा, प्रेमबहादुर महतरा, नोमलाल भेसाल, मधुसुदन केसी र चित्रभान बस्नेतलाई सल्लाहकार चयन गरेको छ।
भेला राष्ट्रिय जनमोर्चा वडा नं. ६ का उपाध्यक्ष मधुसुदन केसीको अध्यक्षता, नारायण भण्डारीको सञ्चालन तथा राष्ट्रिय जनमोर्चा दाङका सदस्य एवं तुलसीपुर नगर इञ्चार्ज ईश्वरी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी वक्ताहरूले नयाँ निर्वाचित समितिले संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। साथै, वडा भित्रका सामाजिक, शैक्षिक र राजनीतिक गतिविधिलाई जनमोर्चाको मूल धारबाट अघि बढाउन समितिले सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
यस भेलाबाट निर्वाचित नेतृत्वले वडा स्तरमा राष्ट्रिय जनमोर्चाको संगठनलाई सशक्त बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।