शंकर प्रसाद पोख्रेल ,बुटवल ,रुपन्देही
फुनाबासी (चिबा, जापान) – प्रवासमा रहेका नेपाली समुदायबीच साझा सांस्कृतिक र धार्मिक पर्वका रूपमा मनाइने हरितालिका तीज–२०८२ यसपालि पनि जापानमा भव्य रूपमा मनाइने भएको छ।
जापान नेपाली एकता समाज क्षेत्रीय समिति, कान्तोको आयोजनामा हुने यस तीज कार्यक्रममा विशेषगरी रक्तिम सांस्कृतिक अभियानका गीत, नृत्य र प्रस्तुतिहरू रहनेछन्। नेपाली परम्परागत संस्कृति, भेषभूषा र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमलाई थप आकर्षक बनाइएको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायक–गायिका तथा कलाकारहरूको प्रस्तुति रहनेछ। एकता समाजले बताय अनुसार लोकप्रिय गायक खेमराज पौडेल र चर्चित गायिका सोना के.सी.ले तीजका चर्चित गीत तथा लोकदोहोरी प्रस्तुत गर्नेछन्। साथै रक्तिमका कलाकारहरूले पनि जनबादि गित मार्फत मनोरञ्जनात्मक प्रस्तुति दिने भएकाले कार्यक्रममा उत्साहजनक रङ्ग चढ्ने अपेक्षा गरिएको छ।
📅 मिति: २०८२ साल भदौ ३ गते, आइतबार (१९ अगस्ट २०२५)
🕑 समय: दिउँसो ठीक २:०० बजे देखि
📍 स्थान: Asian Dining MEHMAN, Takanekido Station नजिक, फुनाबासी, चिबा
🎶 कार्यक्रमका विशेष आकर्षण
रंगीन रक्तिम सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक कोरेयोग्राफी
गायक–गायिकाद्वारा सजीव तीज गीत र लोकदोहोरी प्रस्तुति
प्रवासमा रहेका नेपाली महिलाहरूको सामूहिक तीज नृत्य र रमाइलो
यस कार्यक्रमलाई जमुना ग्रुपले प्रायोजन गरेको छ भने विभिन्न स्थानीय नेपाली संघ–संस्थाहरूले समेत सहयोग गरेका छन्।
आयोजक समितिका अनुसार तीजको माध्यमबाट प्रवासमा रहेका नेपालीबीच आत्मीयता, मेलमिलाप र संस्कृतिप्रतिको लगावलाई अझ प्रगाढ बनाउने लक्ष्य राखिएको छ। साथै, यो अवसरलाई महिला दिदीबहिनीहरूको भेटघाट, मनोरञ्जन र सांस्कृतिक आदान–प्रदानको महोत्सवका रूपमा उपयोग गर्न सकिने अपेक्षा गरिएको छ।
आयोजक जापान नेपाली एकता समाज क्षेत्रीय समिति, कान्तोले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई संस्कृति, मनोरञ्जन र आत्मीयताको साझेदारी गर्न हार्दिक अनुरोध गरेको छ।











