महिला तथा सांस्कृतिक विभागको संयुक्त भेला भव्यतापूर्वक सम्पन्न

शंकर प्रसाद पोख्रेल

हिसार, भारत ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गतको महिला विभाग र सांस्कृतिक विभागको संयुक्त भेला कार्यक्रम भव्य र सभ्य ढंगले सम्पन्न भएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने क्षेत्रीय समिति, हिसार नगर समिति, विभिन्न एरिया समितिका कार्यकर्ता, महिला विभागका सदस्य, सांस्कृतिक विभागका कलाकार, स्वयंसेवक, आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आयोजक समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

यस भेला मार्फत महिला विभागको संयोजकमा माया आचार्य र सांस्कृतिक विभागको संयोजकमा जुना चालिसे निर्वाचित भएका छन्। क्षेत्रीय समितिको तर्फबाट नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

कार्यक्रमको विशेषता भनेको, अखिल भारत नेपाली एकता समाज परित्याग गरी मूल प्रवाहको नीति र सिद्धान्तलाई आत्मसात गर्दै दर्जनौं सदस्यहरू मूल प्रवाहमा प्रवेश गर्नु रह्यो। नवप्रवेशी सदस्यहरूलाई समितिले हार्दिक स्वागत गरेको छ।

समितिका अनुसार यस भेलाले संगठनलाई थप सुदृढ बनाउने तथा महिला र सांस्कृतिक अभियानलाई सबल बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation