रुपन्देहीमा अखिल नेपाल महिला संघद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

 

शंकर प्रसाद पोख्रेल

रुपन्देही – अखिल नेपाल महिला संघ रुपन्देही जिल्ला समितिले यस वर्षको तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि भानु केसी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष इन्द्रिरा ज्ञवालीले गर्नुभएको थियो। साथै, कार्यक्रमको सञ्चालन लक्ष्मी कुँवरले गर्नुभयो। कार्यक्रममा कमला बञ्जाडे भुसालको विशेष उपस्थितिसमेत रहेको थियो।

यस अवसरमा कम्युनिष्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले महिला मुक्ति आन्दोलनसँग सम्बन्धित महत्वपूर्ण मन्तव्य राख्नुभयो। उहाँले महिलामुक्ति आन्दोलनले समाजमा ल्याएका परिवर्तन र अझै अघि बढाउनुपर्ने बारेमा प्रकाश पार्नुभएको थियो।अर्का अतिथि बामपंथी बुद्धिजीवी दुर्गानाथ खरेलको समेत उपस्तिथि रहेको थियो।

कार्यक्रममा उपस्थित दिदीबहिनीहरूबीच तीज गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई उत्साहमय बनाएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation