काठमाडौँको गोठाटारमा १५ महिने बालिका बलात्कृत, ५९ वर्षीय पुरुष पक्राउ

 

काठमाडौँ, ५ भदौ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा १५ महिने बालिका बलात्कारको शिकार भएकी छन्।

उक्त घटनामा संलग्न आरोपमा प्रहरीले मकवानपुर भिमफेदी गाउँपालिका–८ घर भई हाल गोठाटार बस्ने ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गोलेले भदौ २ गते बालिकालाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पीडित बालिका आमासँग गोठाटारमा डेरामा बस्दै आएकी थिइन्।

प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराइसकेको छ। यस घटनामा आरोपीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation