लिपुलेक सम्झौता अस्वीकार्य : रुपन्देहीका बामपंथी दलहरू

 

शंकर प्रसाद पोख्रेल

बुटवल, भदौ ६।
भारत–चीनबीच लिपुलेक–कालापानी हुँदै व्यापार नाका सञ्चालन गर्ने भनिएको सम्झौताप्रति रुपन्देहीका बामपंथी राजनीतिक दलहरूले संयुक्त रूपमा तीव्र विरोध प्रकट गरेका छन्।

आज बुटवलस्थित राष्ट्रिय जनमोर्चाको कार्यलयमा बसेको बैठकले सो सम्झौताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता माथि प्रत्यक्ष हस्तक्षेप गरेको ठहर गर्दै विरोध कार्यक्रम घोषणा गरेको हो।

बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा, नेकपा (एकीकृत समाजवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मसाल) का जिल्ला स्तरका नेताहरूको उपस्थिति रहेको थियो।

बैठकले भारत र चीनको हस्तक्षेपविरुद्ध संयुक्त वक्तव्य जारी गर्ने र यही भदौ ८ गते भैरहवा सिडिओ कार्यालयमा विरोध प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने निर्णय गरेको बैठकमा सहभागी नेता चेतनाथ आचार्यले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation