खिमराज चालिसे
चंडीगढ़
भारतको हरियाणा राज्यको हिसार जिल्ला स्थित जगान गाउको पोल्टिफार्ममा २० अगस्त २०२५ को आफनै श्रीमतीको हत्यागरि फरार आरोपी मोहन चौधरीको खोजीमा मूल प्रवाहले तिव्रता दिने भएको छ।
आरोपी मोहन चौधरीले कुखुरा फार्ममा आफनी श्रीमती माया चौधरी वर्ष ४२ को हत्या गरि फरार भएको समाचार संप्रेक्षण पछि मूल प्रवाह केन्द्रीय सदस्य तारा सोमरेको नेतृत्वमा परिषद सदस्य केयर सिंह घर्तीमगर, सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य सुरेश कुमार क्षेत्री र नगर सदस्य रामु शर्मा लगाएतको प्रतिनिधि मण्डल घटनास्थल पुगी निरिक्षण पछि मूल प्रवाहले आरोपीको खोजतलास शुरू गरेको हो।
अत्यान्तै शंकास्पद रहेको माया चौधरी हत्याकांडका अन्य कैयन पहलुतर्फ पनि प्रशासनले छानबिन गर्नु पर्ने सुझाव मूल प्रवाहले दिएको तारा सोमरेले बताउनु भएको छ।
आरोपीमोहन चौधरी वर्ष ३३ दाङ्ग जिल्लाको तुल्सिपुर उप-महानगर पालिका वाड नं १५ का मनिराम चौधरीका छोरा हुन। उनि पंजाब राज्यको मोहाली तिर भएको आशंका गरिएको छ।











