शंकर प्रसाद पोख्रेल
बुटवल ,
बर्दघाट नगरपालिका प्रशासनले लुम्बिनी प्रदेश सरकारको घोषणा गरिएको बिदा उल्टाएको छ। बर्दघाटका थारु समुदायले मनाउने महान पर्व “बड़्कि आइतबार” भाद्र १५ गते परेको हुनाले नगरपालिकाले सो पर्वको सम्मान गर्दै बिदा दिने निर्णय गरेको हो।
यसअघि लुम्बिनी प्रदेशको कानुन मन्त्रालयले भाद्र ८ गतेका दिन बिदा दिन निर्णय गरेको थियो। तर बर्दघाट नगरपालिकाले स्थानीय सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै बिदा आइतबार, भाद्र १५ मा दिने निर्णय गरेको नगर कार्यलयले जानकारी दिएको छ।
नगरपालिकाका अनुसार, यस निर्णयले स्थानीय समुदायलाई आफ्नो सांस्कृतिक पर्व धुमधामका साथ मनाउन सहज हुने विश्वास गरिएको छ।











