बागलुङमा राष्ट्रिय जनमोर्चा निकट जनबर्गीय संगठनहरूको संयुक्त कार्यशाला सम्पन्न

शंकर प्रसाद पोख्रेल ,बुटवल ।

बागलुङ, भाद्र ७ – राष्ट्रिय जनमोर्चा निकट विभिन्न जनबर्गीय संगठनहरूले बागलुङको हटिया बजारमा संयुक्त कार्यशाला सम्पन्न गरेका छन्। कार्यशालाले संगठनहरूलाई समन्वय गर्दै राष्ट्रियता र जनजिविकाको आन्दोलनलाई सफल बनाउन रणनीति तय गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

कार्यशालाको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार तथा बागलुङ जिल्ला समन्वय समिति प्रमुख अमर बहादुर थापाले मुलुकका समस्या समाधानमा सबै जनबर्गीय संगठनहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताए। उनले वर्तमान राज्य सञ्चालनमा भ्रष्टाचार, कमिसन, कालाेबजारी र सहकारी ठगी जस्ता अपराधी गतिविधिहरूले मुलुक असफल राष्ट्र बन्ने स्थितिमा पुगेको उल्लेख गर्दै, राष्ट्रिय जनमोर्चा निकट सबै संगठनले राष्ट्रियता र जनजिविकाको आन्दोलनलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य गौरीश्वर पाण्डे लगायतका वक्ताले शुभकामना व्यक्त गरे।

कार्यशालामा सहभागी भएका प्रमुख प्रतिनिधिहरू र तिनका संगठनहरू यस प्रकार छन्:

भिमलाल पोखरेल – राष्ट्रिय जनमोर्चा बागलुङ, सचिव

बेदिलाल सापकोटा – अखिल नेपाल किसान संघ बागलुङ, अध्यक्ष

बिरेन्द्र थापा – अखिल नेपाल युवक संघ बागलुङ, अध्यक्ष

मित्र ढकाल – अखिल नेपाल शिक्षक संघ बागलुङ, अध्यक्ष

सबिन अर्गेजा – अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ तथा रक्तिम साँस्कृतिक परिवार बागलुङ, अध्यक्ष

रुनमाया थापा – अखिल नेपाल महिला संघ बागलुङ, सचिव

तुलबिर श्रीस – अखिल नेपाल जनजाती सम्मेलन बागलुङ, सचिव

नर बहादुर बिक – जातीय समता समाज बागलुङ, अध्यक्ष

बिमल खरेल – अखिल छैठौं बागलुङ, अध्यक्ष

कार्यशालामा प्रस्तुत कार्ययोजनाहरूमा जिल्ला, पालिका र वडा स्तरका बैठक, भेला र सम्मेलनको कार्यक्रम तय गरियो। साथै, आगामी संघर्षका कार्यक्रमहरू समेत तय गर्दै योजना ०८२ चैतसम्मका लागि पारित गरिएको छ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाको अध्यक्षता, सचिव भिमलाल पोखरेलको सञ्चालन, र जिल्ला सल्लाहकार बेदिलाल सापकोटाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो। कार्यक्रममा गण्डकी प्रदेश उपाध्यक्ष धर्म कुँवर, जिल्ला सल्लाहकार भिमसेन वन, र जनबर्गीय संगठनका केन्द्रीय सदस्यहरूको आतिथ्यता तथा बागलुङ जिल्लाका जनबर्गीय संगठनका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

यस कार्यशालाले राष्ट्रिय जनमोर्चा निकट संगठनहरूलाई समन्वयमा ल्याउँदै स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका आन्दोलनलाई सुदृढ गर्ने रणनीति तय गर्न महत्वपूर्ण योगदान पुऱ्याएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation