लोकेन्द्र पौडेल
चेन्नै, २४ अगस्ट २०२५ – मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा चेन्नै महानगरभित्रका पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर महिला विभागको संयुक्त प्रगतिशील तिजी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता मुल प्रवाह अखिल भारत दक्षिण भारत महिला विभाग सदस्य चन्द्रिका पौडेल र संचालन महिला विभाग सदस्य नविना वस्नेत (पौडेल) ले गर्नुभएको थियो। कार्यक्रमका मुख्य अतिथि मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेल ले उदघाटन गर्दै मैनबत्ती बालेर कार्यक्रमको औपचारिक शुरुआत गर्नुभयो।
उद्घाटन भाषणमा अध्यक्ष प्रेम पौडेल ले भारतभर छरिएर रहेका नेपाली समुदाय, विशेष गरी शोषित र गरिब वर्गलाई संगठित हुन र मूल प्रवाह मार्फत आफ्नो अधिकार सुरक्षित गर्न जोड दिनुभयो। उहाँले भारतमा प्रबासी नेपालीहरुको एकमात्र सशक्त संगठनको रुपमा मुल प्रवाहको भूमिका र योगदानबारे पनि प्रकाश पार्नुभयो।
कार्यक्रममा केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, चन्द्र बहादुर थापा, काशिराम शर्मा, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, सचिवालय सदस्य बुद्धिराम पौडेल, क्षेत्रीय महिला विभाग सदस्य लोककुमारी थापा, रिता भुसाल, सांस्कृतिक विभागबाट डिल बहादुर जी.एम., विद्यार्थी विभागबाट सुस्मिता शर्मा, समता विभागबाट दयाराम विक, र जनजाति विभागबाट रेशम थापा लगायतले अतिथिको रूपमा सहभागिता जनाउनुभयो।
उपस्थित जनमानसलाई महिला विभाग सदस्य संझना नेपाली ले स्वागत गर्नुभएको थियो। कलाकारहरूद्वारा प्रस्तुत गीतसंगीतले कार्यक्रमलाई अझ रंगीन बनाएको थियो। कार्यक्रममा महिला विभागतर्फबाट सीता शर्मा आचार्य ले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रमको क्रममा आधार कार्डको सुविधासम्बन्धी जानकारी, नेपाली समुदायको समस्या समाधानका उपाय, तथा मताधिकारको अधिकार सुनिश्चितता सम्बन्धी कुराहरुमा पनि प्रकाश पारिएको थियो। यसरी मुल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रबासी नेपाली समुदायलाई सशक्त बनाउन र उनीहरूको हक–अधिकार सुनिश्चित गर्न निरन्तर सक्रिय भूमिका खेलेको छ।











