जापानको ओसाकामा जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

जापन ओसाका, मेघराज सापकोटा।

ओसाकाको अवेनो वेरुता हल सोमबार  साँझ नेपाली समुदायको उत्साहले गुञ्जायमान बन्यो । जापानभरका नेपालीहरूको साझा संस्था जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो ।

सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै डण्ड केसीलाई अध्यक्ष र धनराज गौतमलाई महासचिवमा सर्वसम्मत चयन गरेको छ ।

राष्ट्रियता र सीमाबारे जोड

उद्घाटन सत्रमा संस्थापक उपाध्यक्ष यामलाल सापकोटाले भारत–चीनले नेपाललाई बेवास्ता गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई व्यापारिक नाका बनाउन खोजेको निर्णयलाई “नेपालको सार्वभौमिकतामाथि सीधा आक्रमण” भन्दै कडा विरोध गर्नुभयो ।
उनले भने – “लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न अंग हुन्, यसको रक्षा गर्न विदेशमा रहेका हामी नेपाली पनि सदैव सचेत रहनुपर्छ ।”

शुभकामना र ऐक्यबद्धता

सम्मेलनलाई विभिन्न अतिथिहरू — भिम केसी, टिका केसी, रेनु गुरुङ, भुवन सापकोटा, गोम वुढाथोकी, हेमलाल गौतम, लिला परियारलगायतले सम्बोधन गर्दै शुभकामना दिएका थिए ।
त्यस्तै भारत, कुवेत, ओमान र साउदी अरबस्थित नेपाली एकता समाजका नेताहरूले लिखित शुभकामना पठाउँदै ऐक्यबद्धता जनाए ।

३१ सदस्यीय नयाँ कार्यसमिति

सम्मेलनले डण्ड केसीको नेतृत्वमा २२ पूर्ण र ९ सल्लाहकार गरी ३१ सदस्यीय समिति चयन गरेको छ ।

उपाध्यक्ष – तेजेन्द्र क्षेत्री, नारायण कंडेल, गोपाल कृष्ण सापकोटा

महासचिव – धनराज गौतम

सचिव – प्रदिप विक, हेमलाल गौतम

कोषाध्यक्ष – छन्द सापकोटा

सदस्य हरु – मेघराज सापकोटा ,रेनु  गुरुङ, ऋषी पौडेल, नारायण ज्ञावाली, नविन वस्याल, गोम वुढाथोकी, भुवन सापकोटा, गंगाकाजी थापा, दयाराम सुवेदी, रमेस केसी, रुद्र न्यूरे, उमेश केसी, टिका केसी

सल्लाहकार – यामलाल सापकोटा, यमलाल सापकोटा  भिम केसी, नन्दु शर्मा, गोपाल सापकोटा, लिला परियार, कमल कार्की, केशव सापकोटा, मन बहादुर सलामी

सम्मेलनको संदेश

नयाँ नेतृत्वले “विदेशमा रहेका नेपालीहरूको एकता, राष्ट्रिय पहिचानको संरक्षण र नेपाली समाजलाई अझ संगठित बनाउने” प्रतिज्ञा गर्दै सम्मेलन सम्पन्न गरेको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation