भण्डारी दम्पतीले छोरालाई जन्मदिनमा १५ लाखको जीवन बीमा उपहार

 

सैनामैना (रुपन्देही)।भदौ,१०
रुपन्देही जिल्ला कन्चन–०२ विजयनगर स्थायी घर भई हाल सैनामैना–०४ मुर्गियामा होटल व्यवसाय गर्दै आउनुभएका रिता भण्डारी र भारतीय सेनामा कार्यरत श्री मोहन भण्डारीले आफ्नो प्रिय छोरा रियान्स भण्डारीको तेस्रो जन्मदिनको अवसरमा १५ लाखको जीवन बीमा पोलिसी उपहार प्रदान गर्नुभएको छ।

भण्डारी दम्पतीले आफ्नो छोराको उज्ज्वल भविष्य र परिवारको आर्थिक सुरक्षालाई ध्यानमा राखी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मुर्गिया शाखामार्फत उक्त बीमा उपहार दिनुभएको हो। सो अवसरमा उहाँहरूले बीमा योजनामा जोड्ने सल्लाह दिनु भएका सिनियर एजेन्सी म्यानेजर टंक बहादुर केसीप्रति विशेष आभार प्रकट गर्नुभयो।

भण्डारी परिवारले जन्मदिनमा देखासिकी र तडकभडक खर्च भन्दा पनि सकारात्मक सन्देश दिने किसिमले जीवन बीमा उपहार दिएको उल्लेख गर्दै, आजको सानो बचतले भविष्यमा ठुलो आर्थिक सहारा पुग्ने बताउनुभयो। साथै, भविष्यमा प्राप्त हुने रकमले छोराको उच्च शिक्षामा सहयोग पुर्‍याउने लक्ष्य रहेको पनि परिवारले स्पष्ट पार्‍यो।

सो अवसरमा मुर्गिया शाखा प्रमुख ऋषिराम चुदालीले जीवन बीमा गर्नु भनेको केवल मृत्यु सम्झनु मात्र नभई, परिवारलाई थप सशक्त र सुरक्षित बनाउने कदम भएको उल्लेख गर्दै सबैलाई जीवन बीमा योजनामा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले जीवन बीमाले धनी बनाउन नसके तापनि गरिब बनाउन नदिने, र संकटको घडीमा आर्थिक ग्यारेन्टी दिने भएकाले सबै वर्गका मानिसले अनिवार्यरूपमा बीमा गर्नुपर्ने बताउनुभयो।

त्यसैगरी, प्रभु महालक्ष्मी लाइफ मुर्गिया शाखाका कर्मचारी निश्चल बस्नेतले जो–कोहीलाई जुनसुकै बेला आर्थिक संकट पर्नसक्ने भएकाले जीवन बीमा सबैका लागि अपरिहार्य भएको धारणा राख्नुभयो।

उक्त बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख ऋषिराम चुदाली, सिनियर एजेन्सी म्यानेजर टंक बहादुर केसी र भण्डारी परिवारको उपस्थितिमा रियान्स भण्डारीलाई जन्मदिनको उपहारस्वरूप १५ लाखको बीमा पोलिसी प्रदान गरिएको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation