चंडीगढ़मा मूल प्रवाहको तिजी कार्यक्रम तथा कार्यकर्ता सम्मान समारोह सम्पन्न

 

खिमराज चालिसे
चंडिगढ

भारतको चंडीगढ़मा मूल प्रवाह महिला नगर विभाग चंडिगढको आयोजनामा तिजी कार्यक्रम तथा कार्यकर्ता सम्मान समारोह आज मंगलवार २६ अगस्त २०२५ को भव्य र शानदार रुपमा सम्पन्न भएको छ।

तिजी कार्यक्रमको उदघाटन मूल प्रवाहका केन्द्रीय सदस्य एवं संचार कर्मी खिमराज चालिसेले मैनबत्ती बालेर गर्नु भएको थियो । चालिसेले उदघाटन भाषणमा महिलाहरुलाई राजनैतिक सांस्कृतिक र पैतृक संपत्तिमा समान अधिकार मिल्नु पर्छ । भन्ने धारणा राख्नु भएको थियो ।

समारोहमा क्षेत्रिय सांस्कृतिक विभाग संयोजक जुना भन्डारी चालिसे, बिनु नेपाली लिला बिक र सांस्कृतिक परिवारका नारायण आचार्य, अर्जुन विक, सुरज चालिसे, सदिप विक, सिमा बिष्ट, कल्पना जिसी एवं महिला क्षेत्रिय सदस्यहरु जुना भन्डारी चालिसे, सीमा खड़का, जबुना खनाल, बिष्णु अर्याल, जमुना खड़का, मंन्जु बिक, लक्ष्मी अधिकारीलाई प्रमुख अतिथि खिमराज चालिसेले अबिर माला लगाएर सम्मान गर्नु भएको थियो।

“प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी संघर्ष गरौं ” भन्ने मूल नाराका साथ सम्पन्न सो समारोहमा विशिष्ट अतिथि मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खड़का, मूल प्रवाह क्षेत्रिय सह सचिव तेज बहादुर रोकाले सम्वोधन गर्नु भएको थियो। भने नगर सचिव थानेश्वर पान्डेले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

समारोहमा मूल प्रवाह क्षेत्रीय सदस्य एवं क्षेत्रीय सांस्कृतिक संयोजक जुना भन्डारीचालिसे, सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, परिषद सदस्यहरु थमन थापा र मान बहादुर केसी, महिला क्षेत्रिय सदस्यहरु सिमा खडका, विष्णु अर्याल, जमुना खड़का, मंन्जु बिक, लक्ष्मी अधिकारी, विध्यार्थी केन्द्रीय सदस्य नारायण आचार्य, रक्तिम बिभागका लिला बिक जनजाती विभागका प्रेम गुरुङ लगाएतको आथित्यता रहेको थियोे।

कार्यक्रमको प्रथम चरणमा स्व-रचित गितहरुद्धारा, स्वागत, शुभकामना र धन्यवाद दिईएको थियो भने दोश्रो चरणमा डिजेको प्रयोग गरि तिजी गित बजाईएको थियो। त्यसैगरि समापन समारोहमा पनि स्वरचित गित र नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रम मधु सुवेदीको अध्यक्षतामा तथा जबुना खनालको संचालनमा सम्पन्न भएको हो भने जिवा गुरुङ र कलाकारहरुले स्वागत गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation