हैदराबादमा मूल प्रवाह नेपाली एकता समाजद्वारा तीज कार्यक्रम सम्पन्न

शंकर प्रसाद पोख्रेल

हैदराबाद, २६ अगष्ट २०२५।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिती अन्तर्गतको क्षेत्रीय महिला विभागको आयोजनामा २०८२ (२०२५) सालको तीज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा मूल प्रवाह केन्द्रिय अध्यक्ष प्रेम पौडेल, भूतपूर्व केन्द्रिय अध्यक्ष दुर्गा बहादुर केसी, केन्द्रिय सदस्य फुलबिना पौडेल, केन्द्रिय सदस्य कृष्ण बहादुर थापा, क्षेत्रीय अध्यक्ष खिम बहादुर बिक, क्षेत्रीय सचिव तिलक राना, क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य कुल बहादुर रेश्मी, क्षेत्रीय सदस्य थान बहादुर क्षेत्री, क्षेत्रीय सांस्कृतिक विभाग प्रमुख माया थापा, क्षेत्रीय सदस्य वीर बहादुर बिक र क्षेत्रीय सहसचिव शंकर नेपाली लगायतले अतिथि आसन ग्रहण गरेका थिए ।

यस अवसरमा वर्तमान अध्यक्ष प्रेम पौडेललाई एरिया समितिबाट राजनीतिक यात्रा सुरु गरी आजसम्मको योगदानका आधारमा केन्द्रिय समितिको अध्यक्ष पदमा निर्वाचित भएकोमा क्षेत्रीय समितिले दोसल्ला ओढाई विशेष सम्मान गरेको थियो । कार्यक्रमको उद्घाटन समेत पौडेलकै हातबाट दीप प्रज्वलन र तालीको गडगडाहटसँगै गरिएको थियो ।

उद्घाटन मन्तव्यमा पौडेलले हैदराबादका कार्यकर्ताहरू र महिला दिदीबहिनीहरूको निरन्तर सहयोग र योगदानकै कारण आफू आजको स्थानमा पुगेको बताउँदै महिला मुक्तिको आन्दोलनमा सबै महिलाहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले महिलाहरूले हैदराबादमा पुर्‍याएको योगदान देशको राजनीति र नेतृत्व तहसम्म पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए । साथै, हैदराबादवासी जनताबाट प्राप्त सम्मानले आफूलाई अझै बढी ऊर्जा मिलेको र आगामी दिनमा जनताको मनोबल गिर्न नदिने प्रतिवद्धता समेत जनाए ।

त्यस्तै, मूल प्रवाहका भूतपूर्व अध्यक्ष दुर्गा बहादुर केसी र केन्द्रिय महिला संयोजक फुलबिना पौडेलले हरितालिका तीजको महत्वबारे विचार राख्दै कार्यक्रममा सहभागिता जनाएका सबैलाई सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा क्षेत्रीय महिला विभाग, रक्तिम क्षेत्रीय विभाग, मध्य हैदराबाद नगर महिला विभाग, उत्तर हैदराबाद नगर महिला विभाग र कुसाईगुडा एरिया समितीद्वारा प्रगतिशील गीत तथा नृत्य प्रस्तुति गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता पुष्पा पौडेल, सञ्चालन सबिता पौडेल र स्वागत मन्तव्य बिजुला शर्माले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation