अम्बालामा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न

 

खिमराज चालिसे
चंडीगढ़

भारतको हरियाणा राज्यको अम्बालामा मूल प्रवाहले २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम हिजो मंगलवार २६ अगस्त २०२५ को सम्पन्न गरेको छ।

“प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी संघर्ष गरौं ” भन्ने मूल नाराका साथ सम्पन्न सो समारोहमा प्रमुख अतिथि मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य लक्ष्मण अर्याल हुनुहुन्थ्यो ।

शुभकामना दिने वक्ताहरुमा महिला क्षेत्रीय सदस्यहरु अञ्जु सुवेदी र शोभा रसाली, नगर समितिका गंगा विसान ढकाल, लीला ढकाल, धनबहादुर खड्का, प्रेम सापकोटा, रामबहादुर सुनार लगाएत हुनुहुन्थ्यो ।

तिजी कार्यक्रम कमल सुवेदीको अध्यक्षतामा तथा प्रेम रसाईलीको संचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation