बठिंडामा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न

 

खिमराज चालिसे
चंडीगढ़

मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको बठिंडामा २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम हिजो मंगलवार २६ अगस्त २०२५ को भव्य रूपमा सम्पन्न भएको छ।

“प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी संघर्ष गरौं ” भन्ने मूल नाराका साथ सम्पन्न सो समारोहमा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य नर बहादुर आ
ओली हुनुहुन्थ्यो ।
समारोहमा नगर अध्यक्ष नारायण केसी, नगर सदस्य देवकि राना र महिला क्षेत्रिय सदस्य खिमा खड़काको आथित्यता रहेको थियो।

तिजी कार्यक्रम माया ओलीको अध्यक्षतामा तथा गिरी मगरको संचालनमा सम्पन्न भएको थियो भने संगिता नेपाली र कलाकारहरुले स्वागत गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation