नेपाल सरकारको फेसबुक लगायत सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण गर्न निर्देशन

 

काठमाडौँ, भदौ, ११
नेपाल सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्न निर्देशन दिएको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्दै जवाफदेही बनाउन निर्णय गरेको हो ।

‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ र सर्वोच्च अदालतको आदेशका आधारमा गरिएको निर्णयअनुसार, तोकिएको समयभित्र सूचीकरण नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र सञ्चालन हुन नदिने तयारी गरिएको छ ।

यस सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको सरकारी प्रवक्ताले जानकारी दिएका छन् ।

सरकारले सामाजिक सञ्जाललाई कानुनी र संस्थागत रूपमा व्यवस्थित गरी दुरुपयोग रोक्ने र प्रयोगकर्ताको हित सुरक्षित गर्ने उद्देश्यले यो कदम चालेको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation