हिसारमा मूल प्रवाहद्वारा प्रगतिशील तीज कार्यक्रम सम्पन्न

 

हिसार, २६ अगस्ट २०२५ (भदौ १०, २०८२) – मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा हिसारमा भव्यतापूर्वक प्रगतिशील तीज कार्यक्रम सम्पन्न भएको छ।

“प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संघर्ष गरौं” भन्ने नारा सहित आयोजित उक्त कार्यक्रमको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरेले मैनबत्ती बालेर गर्नुभयो।

कार्यक्रममा मूल प्रवाह केन्द्रीय परिषद् सदस्य केहर सिंह घर्ती मगर र नारायण बिक विशेष अतिथि रहनुभएको थियो। सोही अवसरमा मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्यहरू बाबुराम पोख्रेल, ओम प्रकाश तिवारी, सुरेश क्षेत्री, लाल बहादुर चुदाली, महिला क्षेत्रीय सदस्य सेती राना, सांस्कृतिक विभागतर्फका क्षेत्रीय सदस्य योगेन्द्र दर्लामी तथा विद्यार्थी संघकी प्रतिनिधि लक्ष्मी रास्कोटीको उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।

कार्यक्रमको अध्यक्षता दुर्गा शर्माले गर्नुभएको थियो भने सञ्चालन कमला बगालेले गर्नुभएको थियो। स्वागत तथा अतिथिहरूको सम्मानको जिम्मेवारी सिता पोखरेल र स्थानीय कलाकारहरूले बहन गरेका थिए।

सांस्कृतिक झलक, तीजका गीत–नृत्य र सामूहिक भजनसहित सम्पन्न भएको यस कार्यक्रमलाई हिसार क्षेत्रका नेपाली समुदायले ऐतिहासिक रूपमा लिएको देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation