जयपुर, २६ अगस्ट २०२५ (भदौ ११, २०८२) – मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर र दक्षिण नगर महिला विभागको संयुक्त आयोजनामा तीज कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता हुमा रजालीले गर्नुभयो भने सञ्चालनको जिम्मेवारी दीपा थापाले वहन गर्नुभयो। सहभागीहरूलाई बीना थापाले स्वागत गर्नुभएको थियो।
यस कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य मोहन गिरी प्रमुख अतिथि रहनुभयो। सम्बोधनका क्रममा उहाँले भारतमा रहेका नेपालीहरूको हकहित र अधिकारका लागि निरन्तर संघर्षरत संगठन मूल प्रवाह भएको उल्लेख गर्दै भन्नुभयो–
“देशको राष्ट्रिय अखण्डता माथि आँच आउँदा त्यसको रक्षार्थ बलिदानी दिन तयार रहेका सच्चा देशभक्त नेपालीहरूको संगठन मूल प्रवाह हो।”
कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति उल्लेखनीय रह्यो। सहभागीमध्ये बेल बहादुर रजाली (केन्द्रीय समिति सदस्य), रिम राना (केन्द्रीय प्रतिनिधि), साक्षी थापा (विद्यार्थी केन्द्रीय सदस्य), योगाचार्य ढाकाराम सापकोटा (योग गुरु), ओम थापा (पश्चिमोत्तर क्षेत्रीय उपाध्यक्ष), टंक थापा, नारायण ज्ञवाली, महिला विभाग सदस्यहरू माया थापा, कल्पना थापा, लक्ष्मी केसी, साथै कलाकार विभाग सदस्य बाबुराम थापा उपस्थित हुनु भएको थियो।
सांस्कृतिक प्रस्तुतिहरू, तीजका गीत–नृत्य र सामूहिक उल्लाससहित सम्पन्न यस कार्यक्रमले जयपुर क्षेत्रका नेपाली समुदायबीच उत्साह र ऐक्यबद्धताको सन्देश प्रवाह गरेको आयोजकले जनाएका छन्











