कम्युनिष्ट नेताहरूको स्पष्ट सन्देश : दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी संघर्ष अपरिहार्य
शंकर प्रसाद पोख्रेल
बुटवल ,भदौ, १२— नेपालको समसामयिक राजनीतिक संकट र त्यसको सम्भावित निकासबारे गम्भीर अन्तरक्रिया कार्यक्रम बुटवलको एसियन होटेलमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेकपाका महासचिव विप्लव सी, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र नेकपा (माओवादी केन्द्र) का उप–महासचिव जनार्दन शर्माको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता नेकपा पोलिटब्युरो सदस्य बसन्त सीले गर्नुभएको थियो भने स्वागत भाषण पार्टीका केन्द्रीय सदस्य सरद ओलीले गर्नुभयो। सञ्चालन नेकपा रुपन्देही जिल्ला सचिव बिरेन्द्र सीले गर्नुभएको थियो। साथै बेपत्ता परिवारकी प्रतिनिधि तुलसा पाण्डे विशेष सहभागितामा हुनुहुन्थ्यो।
घनश्याम भुसालको भनाइ
नेकपा (एस) का महासचिव घनश्याम भुसालले अहिलेको राजनीतिक अस्थिरताको मूल कारण सत्ता गठबन्धनको निरन्तर बदलिँदो चरित्र भएको स्पष्ट पार्दै घुस न खाने, शुद्ध र इमानदार कम्युनिष्ट पार्टी मात्र देशलाई पाँच वर्षमै आत्मनिर्भर बनाउन सक्ने दाबी गर्नुभयो।
भुसालले दलाल पुँजीवादविरुद्ध भाषण मात्र गरेर पुग्दैन, व्यवहारमै प्रहार गर्नुपर्ने बताउँदै, “दलाल पुँजीवाद अन्त्य गर्न उत्पादनमुखी अर्थतन्त्र निर्माण अपरिहार्य छ” भनेर जोड दिनुभयो।
जनार्दन शर्माको भनाइ
माओवादी केन्द्रका उप–महासचिव जनार्दन शर्माले नेपालको आर्थिक संकटलाई दलाल पुँजीवादसँग प्रत्यक्ष जोड्दै, “राजनीतिक दल र सरकारलाई दलाल पुँजीवादले नियन्त्रण गर्दा देश संकटमा परेको हो” भन्नुभयो।
सर्माले आर्थिक संरचनाको पुनःसंरचना आवश्यक रहेको स्पष्ट गर्दै, राजनीतिक दलहरू पहिले आफ्नै संगठनात्मक दृष्टिले सुदृढ नभएसम्म विकास सम्भव नहुने बताउनुभयो। “राजनीतिक दल आफैं शुद्ध भए मात्र राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउन सकिन्छ” भन्ने उहाँको भनाइ थियो।
विप्लव सीको भनाइ
नेकपाका महासचिव विप्लव सीले कम्युनिष्ट पार्टीहरू विखण्डन भएर होइन, संघर्ष र अन्तरक्रियाबाट नयाँ क्रान्तिकारी पार्टी जन्मिने भन्दै, “कम्युनिष्ट आन्दोलनलाई कसैले चाहेर समाप्त गर्न सक्दैन” भनेर दृढता व्यक्त गर्नुभयो।
उहाँले रूपन्देहीमा हुन लागेको चुनावको उदाहरण दिँदै, नया भन्नेले “पैसाको खुलेवाम चर्चा गरेको भन्दै ।नेपालमा दलाल पुँजीवादको नग्न रूप देखाएको छ” भन्नुभयो।
त्यस्तै उहाँले नेकपा खरिया खनेर जन्मिएको पाटी बताउदै आफ्नो पार्टीलाई क्रान्तिकारी परम्पराको निरन्तरतामा रहेको दाबी गर्नुभयो बिप्लब सिले “यो अन्तरक्रियाले पनि नयाँ प्रकारको क्रान्तिकारी पार्टी जन्माउन सक्छ, त्यो हाम्रो सपना हो” भनेर जोड दिनुभयो।
साझा सन्देश
तीनै नेताहरू—विप्लव सी, घनश्याम भुसाल र जनार्दन शर्माले—कम्युनिष्ट पार्टी फुटाउन होइन, एकताबद्ध गरेर जनताको पक्षमा उभ्याउन चाहेको साझा धारणा राखे।
कार्यक्रममा प्रस्तुत विचारहरूबाट स्पष्ट भएको छ कि वर्तमान संकटको निकास ‘दलाल पुँजीवाद’ लाई ध्वस्त पारेर घुस न खाने, शुद्ध, क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण र त्यसको नेतृत्वमा आर्थिक आत्मनिर्भरता तथा समाजवादी रूपान्तरणतर्फ देशलाई अघि बढाउनुमा उहाहरु तिनै जनाको जोड थियो।















