बुटवल ,भदौ, १२
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचारले नेपाललाई ग्रसित बनाएको बताएका छन् ।
बुटवलमा आयोजित अन्तरक्रियामा उनले त्रिभुवन विमानस्थलमा भिजिट भिसा प्रकरणमार्फत दैनिक ५० लाखसम्म घुस उठाइने गरेको उदाहरण दिँदै मुलुक दलाल पूँजीवादी संरचनामा फसेको आरोप लगाए ।
बुटवलमा शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले भने, “आजको प्रमुख समस्या नै भ्रष्टाचार हो, जसले राष्ट्रको मेरुदण्ड नै खाइरहेको छ।”
उनका अनुसार, राजनीतिक नेतृत्वदेखि प्रशासनिक तहसम्म नैतिक पतनले देशको विकास अवरुद्ध भएको छ । विप्लवले भ्रष्टाचार अन्त्य नगरेसम्म न त समृद्धि सम्भव हुने न त जनताको जीवनस्तर उकासिने स्पष्ट पारे ।
महासचिव विप्लवले सबै नागरिकलाई भ्रष्टाचारविरुद्ध जागरूक भई प्रतिवाद गर्न पनि आह्वान गरेका छन्











