बागलुङमा जीप दुर्घटना, सांसद चित्रबहादुर केसीद्वारा घाइतेहरूको स्वास्थ्यलाभको कामना

 

बागलुङ, भदौ १३।
बागलुङ नगरपालिका–८  बागलुङको जैमिनी नगरपालिका–१० नामदुकमा भएको दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुःख व्यक्त गर्नुभएको छ ।  यात्रुवाहक जीप दुर्घटना हुँदा सात जना घाइते भएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले वक्तव्य निकालेर घाइतेहरुको स्वास्थ लाभको कामना गर्नुभएको छ। बागलुङ बजारबाट बरेङ तर्फ  जाँदै गरेको सो जीप भदौ ११ गते साँझ दुर्घटनामा परेको थोयो । घाइते भएकाहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा लगिएको सांसद केसी द्वारा निकालिएको वक्तव्यमा उल्लेख छ।

उक्त दुर्घटनामा पर्नुभएका बरेङ–३ का ४० वर्षीय सुनिता परियार र २० वर्षीय मनिता सुनार, बरेङ–१ का २० वर्षीय मोहन दर्जी, १९ वर्षीय रवि थापा, २१ वर्षीय शुष्मिता सुनार, १९ वर्षीय विक्की परियार, ६० वर्षीय टुकुला सुनार र चितवन भरतपुर नगरपालिकाका ५४ वर्षीय हेमा आचार्यको बागलुङ धौलागिरी प्रादेशिक अस्पतालमा उपचाररत हुनुहुन्छ

घटनाप्रति दु:ख प्रकट गर्दै प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पीडितप्रति संवेदना व्यक्त गरेका छन्। उनले उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना दिनुभएको छ। सांसद केसिले
“दुर्घटनामा परी घाइते भएकाहरूप्रति हार्दिक संवेदना व्यक्त गर्दछु। सबै घाइतेहरूको स्वास्थ्य लाभ चाँडै होस् भन्ने मेरो हार्दिक शुभेच्छा छ।” केसि द्वारा हस्ताक्षर गरिएको वक्तव्यमा उल्लेख छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation