प्रधानमन्त्री ओली चीन प्रस्थान, तियानजिनमा हुने एससीओ शिखर सम्मेलनमा सहभागी हुने

 

काठमाडौं, भदौ १४ – प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । तियानजिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन उनी आज बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओलीको नेतृत्वमा उच्चस्तरीय सरकारी प्रतिनिधि मण्डलसमेत चीन गएका छन्। शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

सांघाई सहयोग संगठन (SCO) एशिया क्षेत्रको एक महत्वपूर्ण बहुपक्षीय सुरक्षा, आर्थिक र कूटनीतिक संगठन मानिन्छ। यसमा चीन, रूस, भारत, पाकिस्तानसहितका मुलुकहरू सदस्य छन्। नेपाल भने २०१५ देखि ‘संवाद साझेदार’ को हैसियतमा एससीओमा आबद्ध भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation