लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्धिन मुसलमानको निधन

रुपन्देही ,भदौ ,१४

धनन्जय कुमार उपाध्याय

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्धिन मुसलमानको शनिबार बिहान निधन भएको छ। ७२ वर्षीय मुसलमानको हृदयघातका कारण निधन भएको नगरपालिकाका परामर्शदाता तुलसीराम लामिछानेले जानकारी दिनुभयो।

स्थानीय युवा करण पाण्डेका अनुसार बिहान छातीमा समस्या देखिएपछि परिवारले उपचारका लागि भैरहवा लग्दै गर्दा भैरहवा–लुम्बिनी सडकअन्तर्गत महजिदिया नजिकै उहाँको मृत्यु भएको हो।

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मुसलमान नगर प्रमुखमा निर्वाचित भएका थिए। सो निर्वाचनमा उहाँले जनमत पार्टीका उम्मेदवार सीके गुप्तालाई पराजित गर्नुभएको थियो।

अहिले मुसलमानको पार्थिव शरीर लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरियास्थित निवासमा राखिएको छ। परिवारका अनुसार प्रमुखसहित नगरपालिकाको टोली हालै मात्र सिंगापुर र मलेसियाको एक साताको भ्रमण सकेर शुक्रबार घर फर्किएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation