संगरुरमा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न

 

खिमराज चालिसे
चंडीगढ़

भारतको पंजाब राज्यको संगरुरमा मूल प्रवाहको २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम मंगलवार २६ अगस्त २०२५ को सम्पन्न भएको छ।

“प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी संघर्ष गरौं ” भन्ने मूल नाराका साथ सम्पन्न भएको हो।

समारोहमा सुदुर पश्चिमोत्तर महिला क्षेत्रिय सदस्य लक्ष्मी खनाल, सांस्कृतिक विभाग क्षेत्रिय सदस्य राजु खनाल, नगर समितीका नेताहरु राम प्रसाद खनाल, गुणानिधी आचार्य, रामजी भुसाल, धन बहादुर बिक, बाबुराम परियार, जीवन शर्मा, पवित्रा बस्याल, गंगा आचार्य लगाएतको आथित्यता रहेको थियो।

तिजी कार्यक्रम सिता शर्मा को अध्यक्षतामा तथा सरिता भुसालको संचालनमा सम्पन्न भएको थियो भने स्वागत मंन्जु शर्मा र सांस्कृतिक कलाकारहरुले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation