काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीनको थियानजिन पुगेका छन्।
मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थलमा उनलाई चीन सरकारका उच्चाधिकारी, नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली र चीनका लागि नेपालका राजदूत चेन सोङले स्वागत गरेका थिए।
थियानजिनमा रहँदासम्म प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसहित उच्चस्तरीय नेताहरूसँग द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहयोग र आपसी चासोका विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।











