भदौ १४ , दाङ । अखिल नेपाल शिक्षक संघ राप्ती गाउँपालिका दाङको तेस्रो सम्मेलन आज एक समारोहकाबिच लालमटियामा सम्पन्न भएको छ ।
अखिल नेपाल शिक्षक संघ राप्ती गाउँपालिकाका अध्यक्ष रामकृष्ण पौडेलको अध्यक्षता र अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य भानु जीएमको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि भानु जीएम , विशिष्ट अतिथि द्वय अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ र अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केशवराज खनाल , राष्ट्रिय जनमोर्चा राप्ती गापाका अध्यक्ष बाबुराम थापा , अखिल नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि डिलाराम पौडेल , दाङ जिल्ला सल्लाहकार केशवराज आचार्य , नेपाल शिक्षक महासंघ दाङकी सदस्य सीता पोख्रेल , मीना भुसाल, शिवा घर्ती , अखिल नेपाल शिक्षक संघ प्यूठानका जिल्ला सदस्य वामदेव पौडेल र शिवराज नपा कपिलवस्तुका प्रतिनिधि निराजन पोख्रेल तथा पूर्व शिक्षकहरु लोकमणि ज्ञवाली , तारा प्रसाद भट्टराई र अशोक पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अखिल नेपाल शिक्षक संघ राप्ती गाउँपालिकाका उपाध्यक्ष विष्णु पोख्रेलको स्वागत मन्तव्यबाट अघि बढेको सम्मेलनको बन्दसत्रले सचिव माधव वेल्वासेले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष सीता पोख्रेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन एक मतले पारित गरिएको थियो ।
संघका सह सचिव वसन्त खनालले संचालन गर्नुभएको उक्त सम्मेलनले पुन : रामकृष्ण पौडेलको अध्यक्षतामा १५ पूर्ण र २ वैकल्पिक तथा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा विष्णु पोख्रेल , सचिवमा माधव वेल्वासे, कोषाध्यक्षमा सीता पोख्रेल र सह सचिवमा फर्शुराम सुवेदीलाई चयन गरेको छ ।
त्यसैगरी समितिका सदस्यहरुमा शिवराज कालाथोकी , भुवानन्द भण्डारी , मीना भुसाल , कमला पाण्डे , रवि कँडेल , पदम गिरी , सरीता खनाल , मीनराज पोख्रेल , खेमराज आचार्य र तुल्सीराम पोख्रेल तथा वैकल्पिक सदस्यमा जयन्ती बस्नेत र तुलसा सुवेदी रहनुभएको छ ।

त्यसैगरी सल्लाहकारहरुमा केशवराज आचार्य , डिलाराम पौडेल , दुर्गा भुसाल , खिमबहादुर के.सी.र वसन्तराज भट्टराई रहनुभएको छ ।











