भारतसँगको लिपुलेक सहमतिमा प्रधानमन्त्री ओलीको विरोध, राष्ट्रपति सीसमक्ष उठाए मुद्दा

लिपुलेक सम्झौताप्रति प्रधानमन्त्री ओलीको राष्ट्रपति सीसमक्ष आपत्ति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएको लिपुलेकसम्बन्धी सम्झौताप्रति असन्तुष्टि जनाउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई आपत्ति प्रकट गरेका छन् ।

शनिबार दिउँसो भएको भेटवार्ताबारे जानकारी दिँदै परराष्ट्र सचिव अमृत राईले प्रधानमन्त्री ओलीले लिपुलेक क्षेत्र नेपालको भू–भाग भएकाले त्यसबारे भारतसँग भएको सहमतिको स्पष्ट आपत्ति व्यक्त गरेको बताएकाछन ।

प्रधानमन्त्री ओलीले नेपालका सिमाना र सार्वभौमसत्तासम्बन्धी संवेदनशीलतामा चीनको समर्थन अपेक्षा गरिएको समेत स्पष्ट रूपमा उल्लेख गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation