मर्चवार विकासलाई प्राथमिकता दिने पौडेलको प्रतिबद्धता”

रुपन्देही ,भदौ ,१४।

मर्चावार

रुपन्देहीको दक्षिणी भू–राजनीतिमा नयाँ उतार–चढाव देखिएको छ। शनिबार ठूलो संख्यामा स्थानीय जनता र प्रभावशाली नेताहरू नेकपा (एमाले) प्रवेश गरेसँगै आगामी उपनिर्वाचनको समीकरणमा ठूला परिवर्तन हुने संकेत देखिएको छ।

सम्मरीमाई गाउँपालिका–६ असुरैनामा आयोजित कार्यक्रममा करिब तीन हजारभन्दा बढी स्थानीय कार्यकर्ता सहभागी भएका थिए। सो अवसरमा सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्दन बानियाँ एमाले प्रवेश गरेका हुन्। उनीहरूलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा स्वागत गरे।

कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले मर्चवार क्षेत्रलाई आर्थिक र भौतिक पूर्वाधारका दृष्टिले बुटवल र भैरहवाजस्तै आधुनिक सहर बनाउन प्रतिवद्धता जनाए।

शुक्ला २०७४ सालमा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भई पछि विभिन्न दल हुँदै जनमत पार्टीसम्म पुगेका थिए। अन्ततः फेरि एमालेमा फर्किएपछि स्थानीयस्तरमा एमालेको प्रभाव झन् बढ्ने देखिएको छ।

त्यस्तै, बानियाँ पनि २०७४ सालमा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए। २०७९ मा लोसपाबाट उम्मेदवार बनेर पराजित भएका उनले शनिबार एमाले रोजेका हुन्।

नेकपा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे र जिल्ला उपाध्यक्ष हितराज पन्थीका अनुसार यी दुई नेताको प्रवेशले दक्षिणी रुपन्देहीमा एमालेको संगठनात्मक शक्ति निकै बलियो हुने र उपनिर्वाचनमा यसले प्रत्यक्ष लाभ दिने विश्वास लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation