“बुटवलमा प्रचण्डद्वारा ‘टंकमणि : एक क्रान्तिबीज’ विमोचन र सालिक अनावरण”

शंकर प्रसाद पोख्रेल

रुपन्देही, भदौ १५ –
शहीद स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको विशेष कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीको बुटवल–११, माझगाउँमा स्व. रामप्रसाद बन्जाडे ‘कमरेड टंकमणि’ को शालिक अनावरण र जीवनीमूलक पुस्तक “टंकमणि : एक क्रान्तिबीज” विमोचन गरेका छन ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुर्ब प्रधानमन्त्री  प्रचण्डले टंकमणि जस्ता निर्भीक योद्धाहरूको संघर्षले आजको परिवर्तन सम्भव भएको उल्लेख गर्दै, “क्रान्तिका बीजहरू कहिल्यै मर्दैनन्, तिनै बीजबाट नयाँ विचार र नेतृत्व पलाउँछ,” भने। उनले शहादत र बलिदानलाई सम्मान गर्दै वर्तमान राजनीति र सामाजिक परिवर्तनलाई अझ सुदृढ बनाउन सबैलाई ऐक्यबद्ध रहन आह्वान गरे।

टंकमणिको योगदान

रुपन्देहीका संस्थापक अध्यक्षका रूपमा रामप्रसाद बन्जाडे *‘टंकमणि’*ले सामाजिक–राजनीतिक चेतना जगाउने कार्यमा अग्रणी भूमिका निर्वाह गरेका थिए। उनको जीवन र संघर्षलाई पुस्तकमार्फत समेटिनु भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेज सावित हुने आयोजकले बताएका छन्।

पुस्तक र सालिकको महत्त्व

पुस्तक “टंकमणि : एक क्रान्तिबीज” मा उनको जीवन, विचार र आन्दोलनमा पुर्‍याएको योगदान समेटिएको छ।

सालिक अनावरणले स्थानीय स्तरमा उनको स्मृतिलाई जीवित राख्ने मात्र नभई नयाँ पुस्तालाई प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा रुपन्देहीका जनप्रतिनिधि, राजनीतिक दलका नेता, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation