रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

 

रुपन्देही, भदौ,१५
आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ का लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा उम्मेदवार बन्ने भएका छन्।

सिद्धार्थनगर–९, अञ्चलपुरका थापा पार्टीको प्राइमरी इलेक्सन प्रणालीमार्फत अन्य आठ प्रतिस्पर्धीलाई पछि पार्दै उम्मेदवारमा चयन भएका हुन ।

डा. थापा १६ वर्षभन्दा बढी समयदेखि न्युरो–साइन्स क्षेत्रमा सक्रिय छन्। पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी र चितवनको कलेज अफ मेडिकल साइन्सेजबाट डीएम गरेका उनी हार्वर्ड विश्वविद्यालयको Safety, Quality Leadership and Informative कार्यक्रमका ग्राजुएट पनि हुन्।

नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका थापाले ८० भन्दा बढी अनुसन्धान पेपर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका छन्। उनका पहलमा बनेको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकललाई स्वास्थ्य मन्त्रालयले स्वीकृत गरिसकेको छ।

थापाले स्ट्रोक मास्टर क्लास मार्फत हजारौँ स्वास्थ्यकर्मीलाई तालिम दिँदै आएका छन्। उनको उम्मेदवारीले रुपन्देही–३ को निर्वाचनमा प्रतिस्पर्धा थप चर्किने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation