काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आलोचनालाई दबाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने काम निरन्तर रुपमा गर्दै आएको आरोप लगाएका छन् ।
उनले लोकतन्त्रको मूल आधार नै अभिव्यक्ति स्वतन्त्रता भएको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिए। प्रचण्डका अनुसार सरकारले असहमतिको स्वरलाई कुन्ठित गर्न खोज्नु लोकतान्त्रिक अभ्यासविपरीतको कदम हो।
उनले भने, “आलोचनालाई सहने संस्कार लोकतन्त्रमा जरुरी हुन्छ, तर अहिलेको सरकारले यसको उल्टो अभ्यास गरिरहेको छ ।”
प्रचण्डले नागरिक, पत्रकार र सामाजिक सञ्जालमार्फत आउने विचारलाई रोक्न खोज्नु संविधानको भावना विपरीत भएको भन्दै यसविरुद्ध दृढ प्रतिवाद गर्ने बताएका छन्।











