एमालेको दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथि समूहगत छलफल सुरु

 

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथि छलफल सुरु भएको छ।

सातवटै प्रतिवेदन प्रस्तुतिसँगै प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० वटा समूहमा विभाजन गरी छलफल अघि बढाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

उनका अनुसार समूहगत छलफलका लागि सात घण्टा समय तोकिएको छ। छलफलपछि साँझ समूह नेताहरूले आफ्नो समूहमा उठेका विचार, सुझाव र निष्कर्ष बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation