भरतपुरमा अखिल नेपाल जनजाति सम्मेलनको नगर भेला सम्पन्न

 

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा अखिल नेपाल जनजाति सम्मेलनको नगर भेला सम्पन्न भएको छ।

शनिबार, २०८२ भदौ २१ गते सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री प्रमुख अतिथि रहेका थिए। भेलाले सूर्यबहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय नगर समिति गठन गरेको छ।

नवनिर्वाचित समितिमा पदमबहादुर थापा उपाध्यक्ष, सिर्जना घले सचिव, पुण्य थापा सहसचिव र कुमारी थापा कोषाध्यक्ष बनेका छन्। सदस्यहरूमा नवलसिंह थापा, सन्तबहादुर दरै, कमला तामाङ, मोहन रेश्मीमगर, विष्णु भुजेल, रवि भुजेल, रवि दरै, प्रेम गुरुङ, प्रेमबहादुर थापा र लक्ष्मी थापा रहेका छन्।

सल्लाहकारमा मितबहादुर थापा चयन भएका छन् भने एक सल्लाहकार पद रिक्त राखिएको छ।

समितिलाई राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना र जनजाति सम्मेलन चितवनका उपाध्यक्ष लालबहादुर थापाले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation