अखिल नेपाल शिक्षक सङ्घ बाग्लुङको पाँचौं जिल्ला सम्मेलन सम्पन्न, २७ सदस्यीय समिति चयन

शंकर प्रसाद पोख्रेल ,

बाग्लुङ । अखिल नेपाल शिक्षक सङ्घ बाग्लुङको पाँचौं जिल्ला सम्मेलन बोडीगाड गाउँपालिका–५ खौलार बजारस्थित श्री भानु माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

सम्मेलनले मित्रदत्त ढकालको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति तथा १० सदस्यीय केन्द्रीय प्रतिनिधि चयन गरेको हो। कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घ राष्ट्रिय समितिका अध्यक्ष सानुभाइ कार्की प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए।

जिल्लाका १० पालिकाबाट २५० भन्दा बढी शिक्षक, प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको सम्मेलनलाई उत्साहपूर्ण बनाउन स्थानीय शिक्षक तथा संघका पदाधिकारीहरूले उल्लेखनीय योगदान गरेका थिए।

नयाँ जिल्ला समिति

अध्यक्ष : मित्रदत्त ढकाल

उपाध्यक्ष : कमल थापा

सचिव : चन्द्रकान्त आचार्य

सहसचिव : चित्रबहादुर केसी

महिला सचिव : सुनुमाया घर्ती

कोषाध्यक्ष : कमल पौडेल

सदस्यहरू : भूमिराज आचार्य, मोहन सापकोटा, पदमबहादुर छन्त्याल, बेदबहादुर बुढा, भूमिराज नेपाली, मिना पोखरेल, शिवलाल वन, सावित्रा पुन, सोमलाल सापकोटा, भीम पुन, ईश्वरी शर्मा पौडेल, कमला थापा, धनबहादुर पुन, कुलदीप क्षेत्री, महेन्द्र शर्मा।

केन्द्रीय प्रतिनिधिहरू

पुष्कर सापकोटा, जयलाल चालिसे, सुनमाया ढकाल, कृष्णप्रसाद आचार्य, टिकाराम कडेल, ओम पून, यम जिसी, भवानीप्रसाद आचार्यलगायत १० सदस्य चयन गरिएको छ।

सम्मेलनले नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै नेपालको शैक्षिक आन्दोलनमा देखापरेका राष्ट्रिय तथा स्थानीय समस्या समाधान गर्ने दृष्टिको विकास अझ प्रगाढ हुँदै जाने विश्वास प्रकट गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation