महायाेद्वा

लालकिरण पोख्रेल 

कहिल्यै राम्रोसँग फक्रिन पाएन
कहिल्यै बसन्तकाे बहार देखेन
उसका काेपिला संधै निमाेठिए
उसका मुना संधै च्यातिए
ऊ अहिले अपाङ्ग भएको छ ।

कहिले दायाँ कहिले बायाँ
चट्याङसँग ठक्कर खायो
कहिल्यै हार मानेन
तर एकाेहाेराे संधै
पछारिरह्याे पछारिह्ये ।

उसले भाेकमा भाेजन मागेन
माग्याे त केवल पिठो
प्यासमा कहिल्यै मखन मागेन
माग्याे त स्व्च्छ जल
त्यहीँ जल अनि पिठो
उसको जीवनको भाेजन
कहिल्यै तयार हुन सकेन।
खुला आकाशलाई नियाली रह्यो
अनि आफ्नो शरीरलाई नियाल्याे
जङ्गली निष्ठुर काँडाले चिथाेरेकाे
शिशिर यामले संधै  थिचिएकाे
तर स्वतन्त्रताको गगनभेदीमा
रमाउन कहिल्यै नपाएको ।

उसका पनि रहरहरू हुँदाहाेलान
उसका पनि भावना र ईच्छा हाेलान
उसका पनि सुन्दर विचार हाेलान
उसकाे पनि जीवन जिउन कला हाेला
उसले सबैलाई तिलाञ्जली दियो
केवल वर्गीय मुक्तिकाे यात्रामा ।

साँझमा संधै पेट कसेर पल्टिँदा
दिनभरि बञ्जर खेतमा जाेतिदा
जिब्रोले नुन र पिराेकाे स्वादमा
एकमुठी सातु र पानीको भरमा
जीवन जिउनेलाई कुनै पर्व आएन
उसको जीवनमा कहिल्यै पनि
किरणले स्पर्श गर्न सकेन ।

पाेखरीमा आउने पानीको छाल हेर्छ
देश सञ्चालन गर्नेकाे जाल हेर्छ
देशकाे अस्मिता लुटिदा नेताकाे चाल हेर्छ
अनि मातृभूमिकाे माटो हातमा लिएर
देशकै निम्ति  रूधिर चढाउने प्रण गर्छ
यसयुगकाे महायाेद्वा हाे  ।

दु:खकाे तलाउमा पाैडिएर
सुखकाे आभास कहिल्यै पाएन
सुकिलाे चाेखाे कहिल्यै देखेन
उमेर अवस्थामा पनि भाेकले डामिएकाे
मानव भएर पनि जातीयतामा छानिएको
खाेक्रा प्रवचनले संधै संधै छलिएकाे  ।

कायरहरू सुरक्षाकर्मीकाे साथमा
साइरन बजाउँदै सयर गर्दा
उसका पट्पट्टी फुटेका खुट्टाले
कहिल्यै जुत्ता चप्पलकाे स्पर्श पाएनन्
पाए त केवल ढुङ्गा र काँडाकाे माया
उसमा कुनै उत्साहकाे छाया  देखिएन 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation