अखिल नेपाल शिक्षक संघको पाँचौं अधिवेशन सम्पन्न

भानु जीएम
भदौ २२ ,दाङ । अखिल नेपाल शिक्षक संघ गढवा गाउँपालिका दाङको पाँचौं अधिवेशन गढवा गापाको वडा नम्बर १ , बडहरा स्थित कुलपानी हरित पार्कमा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यता र अखिल नेपाल शिक्षक संघ गढवा गाउँपालिकाका अध्यक्ष ठाकुर खनालको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालीले शिक्षकहरु शैक्षिक क्षेत्रका परिवर्तनका संवाहक मात्रै नभएर सामाजिक रुपान्तरणका अगुवा समेत भएकोले सकारात्मक परिवर्तनको पक्षमा लाग्न आव्हान गर्नुभयो ।

अधिवेशनमा विशिष्ट अतिथि अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष लालबहादुर भण्डारी , संघकै केन्द्रीय सदस्य भानु जीएम, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार चित्रबहादुर महतारा र राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष कपिलदेव खनालले शुभकामना मन्तव्री राख्नुभको थियो ।

उद्घाटन सत्रको समापन पछि सुरु भएको बन्दसत्रले सचिव केशव पौडेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदन पारित गर्दै पुन : ठाकुर खनालको अध्यक्षतामा १५ सदस्यीय गढवा गापा समिति र ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा जुद्वबहादुर केसी , महिला उपाध्यक्षमा संगीता गिरी , सचिवमा केशव पौडेल , कोषाध्यक्षमा पवित्रा केसी र सह सचिवमा सीता पौडेल चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा भीमसेन पौडेल , सिद्वार्थ सुवेदी , देवी वसेल , मधुसुदन केसी , बमी केसी , शरद शर्मा , राधा आचार्य , गोविन्द पंथी र पूजा थारु कुमाल रहनुभएको छ ।

त्यसैगरी अधिवेशनले नेत्र खनाल , दिपक पोख्रेल , कृष्णबहादुर थापा , ओमबहादुर मगर र यशोदा पुन रहेको ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

अखिल नेपाल शिक्षक संघ गढवाका उपाध्यक्ष कृष्णबहादुर थापाको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रमको सहजीकरण सचिव केशव पौडेलले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation