बुटवल । रुपन्देही जिल्लाका विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूले भोलि बिहान ९ बजेबाट चौराहा राजमार्ग चौराहाबाट सुरु गरी बुटवल उपमहानगरपालिकासम्म जिन–जेड (Gen Z) विरोध प्रदर्शन गर्ने भएका छन्।
आयोजकले विद्यार्थीहरूलाई आफ्नो विद्यालय वा क्याम्पसको पोशाकमै सहभागी हुन अनुरोध गर्दै राष्ट्रिय झण्डा साथमा ल्याउन आग्रह गरेका छन्। अत्यावश्यक परे मात्र मोटरसाइकल प्रयोग गर्नुपर्ने र अन्यथा सामूहिकरूपमा पैदल जुलुस निकालिने जनाइएको छ।
साँझ ६ बजे झनै ठूलो बृहत् विरोध कार्यक्रम हुने बताइएको छ। सहभागीहरूलाई छाता, पानी तथा भ्रष्टाचारविरोधी पोस्टर ल्याउन र सभ्य तरिकाले नारा र प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ।











