जेनजी पुस्ता आज सडकमा आउदै : सत्ताविरुद्ध आवाज बुलन्द पार्ने

शंकर प्रसाद पोख्रेल

२३  भदौ, रुपन्देही
सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका जेनजी (Gen Z) पुस्ताले अब प्रत्यक्ष सडकमा उत्रेर सरकारको मनोमानीविरुद्ध विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्।

काठमाडौं सहित  विभिन्न जिल्लाका विद्यालय र क्याम्पसका विद्यार्थीहरूले आज  दस बजेबाट सुरु गर्ने बतायकाछन ।

सामाजिक सञ्जाल बन्द गर्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने र युवाको भविष्यसँग सरोकार राख्ने नीतिगत विषयमा सरकार गम्भीर नदेखिएको भन्दै जेनजी पुस्ताले विरोध जनाएका हुन्। उनीहरूको भनाइमा, “सरकारको तानाशाही र मनपरीतन्त्रलाई अब मौन भएर हेरेर बस्ने स्थिति छैन।”

आन्दोलनका क्रममा विद्यार्थीहरूले नारा, प्लेकार्ड र विरोध गीतमार्फत आफ्नो असन्तोष प्रकट गर्ने भएका छन्। आयोजकहरूका अनुसार शान्तिपूर्ण रूपमा सुरु गरिने यो अभियानलाई देशभरका अन्य जिल्लामा पनि विस्तार गर्ने तयारी भइरहेको छ।

यसअघि जेनजी पुस्ता सामाजिक सञ्जालमा ट्रेन्डिङ ह्यासट्याग, भिडियो र पोस्टमार्फत सरकारको निर्णयको विरोध गर्दै आएका थिए। तर, अब प्रत्यक्ष सडक आन्दोलनमार्फत सत्ताको मनोमानीविरुद्ध ऐक्यबद्धता जनाउने घोषणा गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation