सोह्रश्राद्ध(पितृ पक्ष) आजदेखि देशभर विधिवत रूपमा सुरु

 

२३ भदौ, काठमाडौं ।
हिन्दू धर्मावलम्बीहरूले दिवंगत पितृहरूको सम्झनामा गर्ने वार्षिक श्रद्धाञ्जलि पर्व सोह्रश्राद्ध (पितृ पक्ष) आजदेखि देशभर विधिवत् रूपमा सुरु भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको पञ्चाङ्गअनुसार आज आश्विन कृष्ण प्रतिपदा तिथिदेखि श्राद्ध प्रारम्भ हुने उल्लेख छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नभित्र सम्पन्न गर्नुपर्ने हुन्छ।

सोह्रश्राद्ध आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र दिनसम्म गरिन्छ। यस अवधिभरमा दिवंगत पितृप्रति कृतज्ञता प्रकट गर्दै तर्पण, सिदादान र पिण्डदान गर्ने धार्मिक परम्परा रहिआएको छ। यसलाई अपर पक्ष वा प्रेत पक्ष भनेर पनि चिनिन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार सोह्रश्राद्धलाई पितृप्रतिको श्रद्धा, कर्तव्य र पारिवारिक संस्कारसँग जोडिएको महत्त्वपूर्ण धार्मिक अनुष्ठानका रूपमा लिइन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation